नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला १ सय ७३ र पुरुष ४०८ जना संक्रमित थपिएका जानकारी दिए ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएको र यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ३९ जना, ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया