पछिल्लो २४ घण्टामा नेपालमा थप १०१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ भने हाल देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन् ।
बताइएअनुसार पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमति डिस्चार्ज भएको र हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ।
यस्तै, काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन् ।
यसै क्रममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ जिल्लाकी एक महिला र काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
उता नवलपरासीपूर्वमा दुई जना पत्रकारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ।
प्रतिक्रिया