राष्ट्रकवि घिमिरेको निधन

राष्ट्रकवि घिमिरेको निधन


कोरोना महामारीका साथै प्राकृतिक प्रकोपप्रदत्त अनेक दुःखका बीच अर्को पीडा निम्तिएको छ ।

मंगलबार (२ भदौ) साँझ राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । वि.सं. १९७६ असोज ७ गते लम्जुङमा जन्मनुभएका उहाँ १०१ वर्षका हुनुहुन्थ्यो ।

राष्ट्रकविको पारिवारिक स्रोतले जनाएअनुसार मंगलबार साँझ उहाँको लैनचौरस्थित निवासमा निधन भएको हो ।

यसैबीच राष्ट्रकवि घिमिरेको अन्त्येष्टिमा नेपाल आर्मीले सलामी दिने नेपाल आर्मीका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभएको छ । आवश्यक अन्य व्यवस्थापनमा पनि आर्मीले सहयोग गर्ने प्रवक्ता पौडेलको भनाइ छ ।

ज्ञातव्य छ, राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुनुहुन्थ्यो । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।