■ आरपी पाठक

कवि लेखनीले मन लायो !
विहानीमा मधुरसूर्य सुहायो !!
सिमसिमेमा बादलु नुहायो !
परीकिरणले सप्तरंगी बनायो !!१!!
शिवधनुषको सप्त आकार !
प्रकृतिले दिएको अभिभारा !!
ऋतुको वर्णनमा कवि लागे !
कन्दरा सिंगारिइन् अरु भागे !!२!!
दोपहरमा वन बन्यो सुरम्य !
कोकिल कराइन् वनगम्य !!
वनभरी फलफुल र गुराँस !
घारी सुनाखरी अनि बाँस !!३!!
पहराको तरुल वन खोज्छ !
चिडिया को हो को भनी सोध्छ !!
लतिका लहरा रुखमा बेरिन्छ !
एवं रित भण्डारऔँ भरिन्छ !!४!!
साँझमा झुल्कियो जुनकिरी !
चिरिबिरी चिर्र भर्र भँगेरी !!
खुसी भइ कावा खान्छ कौवा !
बटुवा बसाउँछ रानीपौवा !!५!!
रातको रौनक अलग्गै हुने भो !
सब जातकका अलग बास हो !!
कोहीका महल कोही पाटीमा !
कालघण्टी बज्यो घटघाँटीमा !!६!!
जब आउँछ क्षणभर रोकिन्न !
तब बडा पर्खालले भो छेकिन्न !!
टप्काइकालले मसिहा बनायो !
तिमीलाई राष्ट्रले कवि भनायो !!७!!
कृतिका अमर तिमी हुन्छौँ !
नछुनेका मन–मन तिमी छुन्छौ !!
भाषाका भकारी भरी सारा !
परचक्रीलाई शब्दले प्रहार !!८!!
अरुलाई छोडी गयौ अभिभारा !
पूरा हुने हो वा थपिने ब्यभिचार !!
यो शताब्दी युगको तिमी श्रष्टा !
प्रकृतिको जटा अझै विछट्ट !!९!!
कविवर पार्थिवले विदा भयौ !
कोटी–कोटीका मनभित्र रह्यौ !!
सम्झेलान् तिमिलाई यदाकदा !
राष्ट्रकवि म भन्दछु अलविदा !!१०!!
रचनाशून्य हुन्छ तिमी नहुँदा !
फेरि जन्मन्छौ या सधैंका विदा ??
मुक्ति देऊ प्रभु ईश्वर हुन् या खुदा !
हे राष्ट्रकवि तिमीलाई अलविदा !!११!!
प्रतिक्रिया