मनन गरौँ रहश्य सृष्टिको

मनन गरौँ रहश्य सृष्टिको


■ प्रतीक्षा खड्गी (सुवेदी)

यो सृष्टिको रहस्य बुझ्न गाह्रो
बुझौँ भनी नजिक गयो आफैंलाई चिन्न साह्रो !

कहाँबाट सुरु भयो सृष्टि
कहाँ गइ निष्पट्ट हुने हो दृष्टि
यस्तै अनेक अरु झन् कति छन् देख्नु
दुःख र सुख अझ कति छन् भोग्नु

मनै त हो यो, दुःख आए आतिन्छ
सुख आए मातिन्छ
पर्दा दुःख तिमीमाथि
विचलित नबन कदापि

जसले चिन्छ यो सृष्टिको नियती
उसैले पाउँछ यो संसारबाट खासमा मुक्ति
संसारको खेला कसले पो बुझेको होला
त्यसैले म भन्छु सधैं होसियार रहनुहोला

जीवन भनेकै बगिजाने खोला
फेरि फर्की नआउने मानिसको चोला
कर्मको फल ‘भोग्नु छ यही’
त्यसैले गरे है ‘सधैं काम सही’

नगर तिमी ‘कसैको हानी’
बन्नेछौ अवश्य ‘संसारको ज्ञानी’
जब ठान्छन् कसैले ‘तिमीलाई बैगुनी’
तिमी नै बन्नु सबैको ‘आँखाको नानी’

नसोच तिमी जीवनलाई बोझ
सक्छौ भने सही बाटो खोज
नभुल मनुष्य ‘यो कलियुग हो भनी’
जहाँ हुनेछ ‘सत्यको हानी’

नभुल्नु तिमी यो संसार हो स्वार्थी
तिमीले दिनु सबैलाई ज्ञानगुनको अर्ती
यही संसारबाट उठाउनु पर्छ एकदिन सबैको अर्थी !

-भियना (अष्ट्रिया)