हरिबहादुरसँगको घम्साघम्सीमा मऱ्यो चितुवा

हरिबहादुरसँगको घम्साघम्सीमा मऱ्यो चितुवा


लमजुङ बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार (७ भदौ) बिहान मानिससँगको भीडन्तपछि एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको बताइएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भीडन्तमा थापा घाइते भएका छन् ।

घाइते थापाको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको छ भने मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

वन कार्यालयले ‘वन ऐनअनुरुप चितुवाको व्यवस्थापन गर्ने प्रजिअ शर्माले बताए ।