सात सयले घट्यो सुनको मूल्य

सात सयले घट्यो सुनको मूल्य


पटिल्ला केही दिनयता मूल्यमा ओह्रालो लाग्दै आएको पहेँलो धातु सुनको मूल्यमा स्थानीय बजारमा आज (१८ भदौ) प्रतितोला रु. ७०० ले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु. ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको बताइएको छ । बुधबार प्रतितोला रु. ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु. ९६ हजारमा कारोबार भएको छ ।

यस्तै , चाँदी प्रतितोला रु. २० रुपैयाँले घटेर रु.. एक हजार ३४५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु. एक हजार २६५ कारोबार भएको थियो ।