बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट ‘कैयौँ’ घाइते

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट ‘कैयौँ’ घाइते


बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा कैयौँ व्यक्ति घाइते भएका त्यहाँको प्रहरीले बताएको छ ।

इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख नगरिएको एएफपीले जनाएको छ ।

‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मध्यराति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।’

उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ मा ‘कैयौँ’ व्यक्ति घाइते भएकाजानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।