उत्तर कोरियाका नेता किम जोङ उनले आँधीप्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाएका उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएको छ ।
घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्चपदस्थ पदाधिकारीहरु यसपहिले नै त्यहाँ पुगी आँधीप्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ ।
उनले स्थानीय बासिन्दालाई सङ्कटविरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेका छन् । आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ ।
उनले केही दिनअगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सबै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएका समाचार प्रकाशमा आएको थियो ।
कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचारअनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाङयोङ प्रान्तको भ्रमण गरेका हुन् ।
सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरु नष्ट भएको जनाइएको छ ।
सरकारी अधिकारीहरुले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया