खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय

खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय


साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ– ‘अपराधीमध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।’

यसपहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खशोग्गीका छोराहरूले आफूहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ ।

उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वाशिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।