टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसारिने राष्ट्रपति ट्रम्पको प्रष्टोक्ति

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसारिने राष्ट्रपति ट्रम्पको प्रष्टोक्ति


अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका एएनआईले जनाएको छ ।

सो एप्समाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जिकिर राष्ट्रपति ट्रम्पले गरेका छन् । अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ऱ्यालीलाई सम्बोधन गर्ने क्रममा उनले ती एप्सहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी गराएका हुन् ।

बताइएअनुसार यही सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको र त्यसलाई पछि सार्ने प्रश्नै नरहेको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ ।

ऱ्यालीमा सहभागी हुन मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिने क्रममा उनले अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी तोकिएको समयसीमा यही सेप्टेम्बर १५ को तारिखपछि नसारिने बताएका हुन् ।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।