नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या ८६,८२३

नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या ८६,८२३


पछिल्लो २४ घण्टामा नेपालमा थप २,२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार (१८ असोज) थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारअिनुसार बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५,०९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १,३७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आइतबार १,३२९ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ६४०६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२,७८४ जनाको पीसीआर परीक्षण गरिएको र हाल देशभर २२,२१९ जना कोरोना संक्रमित रहेका छन् ।
क्वारेन्टिनमा रहेकाहरुको संख्या ४,२०३ रहेको मन्त्रालयको भनाइ छ।

चौबिस घण्टामा कहाँ कति भेटिए सङ्क्रमित ?

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुरमा दुई, खोटाङमा ३, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा १ तथा सुनसरीमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा छ तथा सिरहामा सात जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा एक हजार ३७३, काभ्रेपलाञ्चोकमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा दुई, ललितपुरमा १८७ तथा सिन्धुपाल्चोकमा आठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, बागलुङ तीन, स्याङ्जामा चार, नवलपरासी पूर्वमा ४० तथा लमजुङमा सात जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नवलपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० तथा रूपन्देहीमा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस्तै कर्णाली प्रदेशको सुर्खेतमा ५४, कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई तथा सल्यानमा दुई जनालाई कोरोना सङ्क्रमण भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५, कञ्चनपुरमा २१, डडेल्धुरामा एक, बैतडीमा एक तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिए । पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा एक हजार ५९९ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौंका एक हजार ३७३, ललितपुरका १८७ तथा भक्तपुरका ३९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ५१७ पुगेको छ । काठमाडौंमा २४ हजार ४६, ललितपुरमा दुई हजार ९८३ तथा भक्तपुरमा दुई हजार ४८८ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

एकै दिन सातको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५३५ पुगेको छ ।