नेपाली यूथ एसोसिएसनको प्रेस मिटिङ

नेपाली यूथ एसोसिएसनको प्रेस मिटिङ


nya greenwich cupलण्डन – नेपाली यूथ एसोसिएसन ग्रिनविचले वर्षेनी सम्पन्न गर्दै आएको ग्रिनविच कफको चौथो श्रृङ्खला दिनांक ९ अगस्त २०१४का दिन सम्पन्न हुने कार्यक्रम तालिका सर्वसाधारणको जानकारीका लागि सम्प्रेषण गरिसकेको छ । ग्रिनविच कप प्रत्तियोगितालाई व्यापकता दिनका लागि हालै २९ जून २०१४को दिनमा प्लमस्टिड, लण्डन स्थित सेसीको बैठक कक्षामा एउटा बृहत अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलनको आयोजना नेपाली यूथ एसोसिएसन ग्रिनविचले संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न गरेको थियो । संस्थाका सचिव, सचिन श्रेष्ठले सञ्चालन गरेका यस कार्र्यक्रममा दक्षिणपूर्व क्षेत्रमा बस्दै आएका विभिन्न संघसंस्थासंग आबद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष हरि गुरुङले सर्वप्रथम पावर प्वाईन्टको माध्यमबाट नेपाली यूथ एसोसिएसन ग्रिनविचको ईतिहास, उद्धेश्य र नेपाली मूलका युवाहरुका लागि संस्थाको महत्व बारे भेलालाई जानकारी दिएका थिए । त्यसपछि फ्लोरमा ग्रिनविच कपको कार्यक्रमलाई कसरी अघि बढाउने, यसलाई सहि र दिगो दिशा दिनका लागि तथा छलफलका लागि एकआपसमा विचार अदान प्रदान गरिएको थियो । संस्थाका प्रमुख सल्लाहकार तथा ग्रिनविच कपका संयोजक श्रीचन्द्र गुरुङले युवाहरुलाई प्रोत्साहन तथा नराम्रो लतबाट छुट्कारा दिलाउनका लागि खेलकुदको माध्यमबाट सामाजीक कृयाकलापमा संलग्न गराउन संघसंस्थाका अगुवाहरुले पहल गर्नुपर्ने कुरा व्यक्त गरेका थिए तथा विलविच रोयल अर्टिलरी ब्यारेकको मैदानमा सम्पन्न हुने ग्रिनविच कप प्रत्तियोगिताका लागि खेलकुद मैदानहरु उपलब्ध गराईदिएकोमा त्यहाँका सैनिक अधिकारीहरुलाई समेत उनले आभार व्यक्त गरेका थिए । फ्लोरबाट दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका उपाध्यक्ष हिरा प्रसाद गुरुङ, कुश बस्नेत, प्रसिद्ध प्रधान, नेपाली यूथ एसोसिएसनका उपाध्यक्ष, देव गुरुङ, जीजीईएसएका महासचिव दल प्रसाद थापा, गोलमान गुरुङ, सुर्य गुरुङ, सुमल कुमार गुरुङ तथा श्याम शेरचनले ग्रिनविच कप सफल पार्नका लागि आ–आफ्ना सकारात्मक सुझावहरु व्यक्त गरेका थिए । अन्तमा दिनको साढे चारबजे कार्यक्रम समापन गरिएको थियो । स्मरण रहोस अहिलेसम्म झण्डै एक दर्जन टिमहरुले प्रत्तियोगितामा सहभागी हुने जानकारी प्राप्त भएको छ । उक्त ग्रिनविच कप प्रत्तियोगिताको दौरान भलिबल प्रत्तियोगिता पनि सञ्चालन गरिने कुरा आयोजकहरुले सम्पे्रषन गरिसकेका छन् ।