नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५६३

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५६३


पछिल्लो २४ घण्टामा नेपालमा थप १,५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ९०,८१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मंगलबार (२० असोज) थप १,०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७८३, ललितपुरका ११८, तथा भक्तपुरका ११६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र पाँच पुरुष छन् ।

मन्त्रालयका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरकी ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनका ७७ वर्षीय पुरुष र नवलपरासीपूर्वका ७७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार २,३४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६७,५४२ पुगेको छ ।