न्यायाधीशहरूको सरुवा र पदस्थापन

न्यायाधीशहरूको सरुवा र पदस्थापन


न्यायपरिषदले न्यायाधीशहरूको सरुवा र पदस्थापन गरेको छ ।

परिषदको बुधबार बसेको बैठकले १ सय १४ जना न्यायाधीशहरूको सरुवा र २९ जनाको पदस्थापन गर्ने निर्णय गरेको हो ।

परिषदले पर्सा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई काठमाडौं जिल्ला अदालत सरुवा गरेको छ । यस्तै, काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएकाहरूमा मोरङ जिल्ला अदालतका सूर्यप्रसाद अधिकारी, मनाङ जिल्ला अदालतका रामचन्द्र पौडेल, झापा जिल्ला अदालतका युवराज गौतम, मोरङ जिल्ला अदालतका राजेन्द्र अधिाकारी, धनुषा जिल्ला अदालतका राजुकुमार खतिवडालगायत छन् ।

यस्तै, सिन्धुली जिल्ला अदालतका किरण सिवाकोटी ललितपुर जिल्ला अदालत सरुवा गरिएका छन् भने रामेछाप जिल्ला अदालतका स्वीकृति पराजुलीलाई भक्तपुर जिल्ला अदालत सरुवा गरिएको छ ।

यस्तै, हाल सर्वोच्च अदालतमा कार्यरत यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेललाई क्रमशः जाजरकोट, रुपन्देही, बारा र हुम्ला जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

रुवा र पदस्थापनसम्बन्धी विस्तृत विवरणको लागि हेर्नुहोस्
Nyayeparisad 2077.6.21