पछिल्लो २४ घण्टामा (२१ असोज बुधबार) नेपालमा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४,२५३ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्र बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।
बताइएअनुसार बुधबार १,१२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ६८,६६८ पुगेको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र १० पुरुष छन् ।
मन्त्रालयले जानकारी दिएअनुसार मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौंका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ।
प्रतिक्रिया