राष्ट्रपति यौनक्रीडामा महारानी प्रतीक्षामा

राष्ट्रपति यौनक्रीडामा महारानी प्रतीक्षामा


चर्चित मोडल कार्ला ब्रुनीको सुन्दरतामा चुर्लुम्म डुबेका पान्सका राष्ट्रपति निकोलस सार्कोजीले अन्त्यमा कार्लासँग विवाह गरेका थिए । कार्ला र सार्कोजीको रोमान्सले त्यतिबेला विश्वमै तहल्का मच्चाएको थियो । एउटा राष्ट्रप्रमुख कामकाज छोडेर मोडेलको दिवाना बनेपछि सार्कोजीको बारेमा विश्वभरि विभिन्न किसिमका टीका-टिप्पणी भएका थिए । ‘प्रेममा मानिस अन्धो हुन्छ’ भनेझैं सार्कोजी पनि कार्लाको प्रेममा अन्धो भएका थिए । कार्लाबिना पानीबिनाको माछाझैं छटपटाएका राष्ट्रपति सार्कोजीले प्रेमको प्रस्ताव पनि पहिले आफैंले राखेका थिए । कार्लासँगको पहिलो भेटमै उनको सौर्न्दर्यबाट कायल भएका राष्ट्रपति सार्कोजीले त्यसपछि उनलाई आफ्नो प्रेमिका बनाउने निर्णय गरेका थिए । राष्ट्रपतिको प्रस्ताव कार्लाले सहर्ष स्वीकारेपछि दुवै प्रेमीको मुटु एक हुन पुगेको थियो । त्यसपछि कार्ला र सार्कोजी टिनएजका प्रेमीझैं डेटिङमा जान थालेका थिए । यसरी दिनप्रतिदिनको डेटिङले फक्रिएको उनीहरूको प्रेम विवाहबन्धनमा परिणत भएको थियो । त्यसपछि कार्ला तीन महिनाको अन्तरालमै मोडेलबाट पदन्नति भएर प|mान्सकी प्रथम महिला बन्न पुगेकी थिइन् ।
४२ वर्षीया कार्ला ब्रुनीले राष्ट्रपति सार्कोजीसँग विवाह गरे पनि उनीहरूको सम्बन्ध लामो समयसम्म नरहने त्यसैबेला अड्कल काटिएको थियो । कार्ला खुला समाजमा हुरि्कएकी र सोहीअनुरूप आफूलाई अगाडि बढाउन चाहने भएका कारणले केही समय पहिले उनीहरूको सम्बन्धमा दरारसमेत परेको थियो । प|mान्सको प्रथम महिला भएपछि कार्लाका हरेक क्रियाकलापमा अङ्कुश लागेका थिए । त्यसपछि उनले प्रथम महिला हुनुभन्दा सार्वजनिक जीवनलाई नै बढी महत्त्व दिएकी थिइन् । तर भर्खरै विवाहबन्धनमा बाँधिएका कारण कार्लाले पछि आफ्नो निर्णयलाई परिवर्तन गरेकी थिइन् जुन यद्यपि कायम रहेको छ ।
राष्ट्रपति निकोलस सार्कोजीसँग विवाह गरेपछि कार्लाको पहिलो राजकीय भ्रमण बेलायत बनेको थियो । उक्त भ्रमणका क्रममा यी दुवै दम्पती बेलायतको विंडसर क्यासलमा बसेका थिए । निकै रोमान्टिक जोडीको रूपमा परिचित कार्ला र सार्कोजीको जोडीले त्यहाँ गरेको रोमान्सको हालै पर्दाफास भएको छ । उक्त कुरा स्वयम् कार्लाले अमेरिकी प्रथम महिला मिसेल ओबामालाई भनेको ‘द सन’ पत्रिकाले आफ्नो रिपोर्टमा लेखेको छ । सोही पत्रिकाका अनुसार केही समय पहिले अमेरिकामा मिसेलसँगको भेटघाटमा कार्लाले आफ्नो सेक्सजीवनका बारेमा खुलेर कुरा राखेको उल्लेख छ । साथै कार्लाले आफ्नो रोमान्टिक कारणले गर्दा राष्ट्रपति सार्कोजीले थुप्रैपटक कार्यक्रममा परिवर्तन गरेको पनि खुलासा गरेको छ ।
बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथसँगको भेटघाटको समय निश्चित समयमा तोकिए पनि कार्ला र सार्कोजी निकै ढिलो कार्यक्रमस्थलमा पुगेका थिए । सम्पूर्ण कार्यक्रमको तयारी समयमै हुँदा पनि उनीहरू तोकिएको समयमा त्यहाँ नपुगेपछि महारानी एलिजाबेथले लामो समय प्रतीक्षा गर्नुपरेको थियो । तत्कालीन समयमा यो घटनाप्रति मिडियाहरूले चासो देखाए पनि वास्तविकता भने पत्ता लगाउन सकेका थिएनन् । त्यसपछि उनीहरू ढिला पुग्नुको कारण रहस्यकै गर्भमा रहेको थियो । तर, महिलाको मनमा धेरै दिन कुरा अट्न सक्तैन भन्ने उक्तिलाई सार्थक तुल्याउँदै कार्लाले अमेरिकी प्रथम महिला मिसेललाई सम्पूर्ण घटना बताएपछि मिसेल पानीपानी भएकी थिइन् ।
कार्लाले महारानी एलिजाबेथको नाम उच्चारण नगरे पनि आफूहरू बेलायतको राजकीय भ्रमणमा रहँदा यौनक्रीडाको कारणले गर्दा कार्यक्रममा ढिलो पुगेको र त्यहाँको राष्ट्रप्रमुखले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको बताएकी थिइन् । कार्लाले आफूहरू यौनक्रीडाको आनन्दमा पौडिरहँदा भेटघाटको कार्यक्रमलाई भुसुक्कै बिरि्सएको रहस्योद्घाटन गरेकी थिइन् । कार्लाले मिसेललाई आफ्नो वास्तविक घटना बताएपछि सोधेकी थिइन्, ‘तपाईंहरूले पनि हामीले जस्तै गरी कसैलाई प्रतीक्षा गराउनुभएको थियो ?’ प्रतिउत्तरमा मिसेलले लाजले रातो मुख लगाउँदै मुस्कुराउँदै टाउको हल्लाएर छैन भन्ने जवाफ दिएको अमेरिकी पत्रकार जोथान आल्टरले लेखेका छन् ।
यसरी सधैंभरि रमाइला र चटपटे समाचारका पात्र बन्दै आएका कार्ला र सार्कोजी अहिले यो घटनापछि पुनः चर्चाको शिखरमा पुगेका छन् । उनीहरूको यौनक्रीडाले गर्दा महारानी एलिजाबेथले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको खुलासा भएको छ । आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन मित्रराष्ट्रको सम्बन्धलाई समेत पर्वाह नगर्ने कार्ला र सार्कोजीले यस्तो क्रियाकलाप गरेर विश्वलाई कस्तो सन्देश दिन खोजेका हुन् त्यो समयले बताउनेछ ।
– नविन उप्रेती