मातृभूमिका लागि नेपालीको केन्द्रीय महिला विभागलाई विभाग प्रमुख मन्जिला शर्माले पूर्णता दिनुभएको छ ।
नौ सदस्यीय विभागको उपप्रमुखमा सावी घिमिरे र अन्जु सुवेदी (प्रोविता भण्डारी), सचिवमा तुल्सी खड्का, सहसचिवमा जुना लामा, कोषाध्यक्षमा निशा रिमाल तथा सदस्यहरूमा राधा भण्डारी, सीता रिजाल र सविना नगरकोटी रहनुभएको छ ।
विभागको बिहीबार (असोज २२ गते) बसेको बैठकले मातृभूमिका लागि नेपाली महिला सङ्घ गठन गर्ने र तदर्थ समितिको संयोजकमा कमला रिजाललाई चयन गर्ने निर्णय गरेको छ । निकट भविष्यमा बस्ने बैठकले तदर्थ समितिलाई पूर्णता दिँदै देशका हरेक जिल्लामा सङ्घको शाखा गठन गरिने वभाग प्रमुख मन्जिला शर्माले जानकारी दिनुभएको छ।
महिला विभागको बैठक सङ्गठनका केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठी, सचिव सुभाषप्रसाद पाण्डे, केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवम् काठमाडौ जिल्लाका संयोजक जुलुमरत्न डङ्गोल, केन्द्रीय परिषद सदस्य एवम् काठमाडौ जिल्ला सहसंयोजक दीपक सिंह महर्जन, युवा विभागका सहसंयोजक नमराज भण्डारी, केन्द्रीय परिषद सदस्य महेश प्रेमी उदासको उपस्थितिमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया