कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक भारतीयको शव पोखरीमा फेला परेको छ।
भारत बढनी घर भएका वर्ष ६५ का नन्द कुंवारको शव कृष्णनगर नगरपालिका ८ दयानगर गाउँको दक्षिणमा रहेको पोखरीमा बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी बहादुरगंजले जनाएको छ।
शुक्रबार (२३ असोज) दिउँसो २ बजे पानीमा शव तैरिँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एक हप्ता पहिलाको शव हुन सक्ने भन्दै प्रारम्भिक परीक्षणका लागि शिवराज अस्पतालमा पठाइएको नायव प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
उता बढनी घर भएको मृतकका परिवारजन खबर पाएपछि घटनास्थल पुगेर शवको सनाखत गरेका छन् । तर पानीमा डुबेर मृत्यु भएको हो वा होइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरीसँग उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया