विकास रौनियार, धादिङ
धादिङ थाँक्रे नौ किलो भन्ने स्थानमा शनिबार (२४ असोज) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान करिव ३ बजे भएको उक्त दुर्घटनामा परेर ट्रिफरचालक ललितपुर महानगरपालिका २९ हरिसिद्धिनिवासी ३५ वर्षीय चालक कृष्ण लामाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुने मकवानपुर जिल्ला कैलाश गाउँपालिका ५ का २२ वर्षीय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिफरले रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बसलाई ठक्कर दिँदा ट्रिफर सडकबाट ५० मिटर तल महेशखोलामा खसेको थियो ।
प्रतिक्रिया