संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्री भट्टराईले शनिबार (२४ असोज) सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका हुन् । गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या नदेखिएको उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले भनेका छन्– ‘गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यस क्रममा काठमाडौंबाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु । हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र ?’
प्रतिक्रिया