■ राजन घिमिरे
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य विधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदै आइरहेको छ । अष्ट्रेलिया लगायतका मुलुकहरूमा गएर उच्च शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूको मन जित्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आफ्नो संस्थाले आवद्धता बढाउँदै लैजाने जानकारी दिए ।
यसै क्रममा यतिबेला युवा पुस्तामाझ लोकप्रिय भैरहेकी अभिनेत्री उपासना सिंह ठकुरी अब ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिने भएकी छिन् । यससम्बन्धी सम्झौता पत्रमा उपासनाले सम्झौता गरेकी छिन् ।
एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक वर्षका लागि अनुबन्धित भएकी हुन् । ुअष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली विद्यार्थीहरूको मन जितेको सस्थासँग जोडिन पाएकोमा खुशी लागेको छु, उपासनाले भनिन् ।
चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत नेपाली चलचित्र क्षेत्रमा वाहवाही कमाएकी उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।
प्रतिक्रिया