भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो पदमा निर्वाचितभएका तामाङको आज (२५ असोज) निधन भएको हो ।
उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको जनाइएको छ । अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएअनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।
असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको बताइएको छ । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया