नेपालमा कोरोना संक्रमितको कुल संख्या १,०७,७५५

नेपालमा कोरोना संक्रमितको कुल संख्या १,०७,७५५


पछिल्लो २४ घण्टामा नेपालमा थप २०,०७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अब कोरोना संक्रमितको संख्या १,०७,७५५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १,४१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बताइएअनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन् । मृत्यु हुनेमध्ये ८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, काठमाडौंकी ६६ वर्षीया महिला तथा ६०, ७०, ७५, र ८३ वर्षीय पुरुष, ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष, नुवाकोटका ७७ वर्षीय पुरुष, चितवनकी ७५ वर्षीया महिला तथा ४७ र ९८ वर्षीय पुरुष र उमेर नखुलेका एक पुरुष, मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

मन्त्रालयका अनुसार शनिबार १,५५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्हा भने हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१,०३५ रहेको छ भने ४,६१३ जना क्वारेन्टिनमा छन् ।