युवती बेच्ने टाउटाउ तामाङ प्रहरी नियन्त्रणमा

युवती बेच्ने टाउटाउ तामाङ प्रहरी नियन्त्रणमा


२० वर्षीया युवतीलाई राम्रो तलव–सुविधासहितको काममा लगाइदिने प्रलोभनमा पारेर मुम्बईमा बेचबखन गर्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।

चेतना स्तर कम र न्युन आर्थिक अवस्था भएकी युवतीलाई प्रलोभनमा परेर भारतको मुम्बई पु¥याई बेश्यालयमा बिक्री गरेर फरार भएका टाउटाउ तामाङलाई नेपाल प्रहरीअन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नयन्त्रणमा लिएको हो ।

बेचबिखनको घटना गराएर फरार रहँदै आएका सिन्धुपाल्चोकका ५२ वर्षीय टाउटाउ काठमाडौंको गोकर्णेश्वरमा लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त टाउटाउलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन,२०६४ अनुसार अनुसन्धान एवम् कारवाही हुने बताइएको छ ।