बझाङमा नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङमा नियमित हवाइ सेवा सञ्चालन हुने



सुरेश धामी,
बझाङ

बझाङमा मंगलबार (२७ असोज) बाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । हरेक साता बिहीबार र शुक्रबार उडान हुने गरी २७ असोजदेखि समिट एयरले सेवा दिने भएको हो ।

सो एयरले धनगढी-बझाङको भाडादर ५ हजार ४८ रुपैंया तोकेको छ ।

समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहीबार र शुक्रबार मात्रै उडान हुने छ ।

बझाङको देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान भएको थियो । धनगढी(बझाङ यात्रा गर्न २५ मिनेट व्यतीत हुने जनाइएको छ ।