पछिल्लो २४ घण्टामा नेपालमा थप ४,०४७ जना कोरोनासंक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,११,८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनााएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २,२८३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आइतबार १,४७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ७७,२७७ पुगेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ३३,८८० रहेको छ भने ४,८३१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएको छ । सोमबार २ महिला र आठ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
बताइएअनुसार काठमाडौंमा ७१ वर्षीया र चितवनमा ४० वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, सुनसरीमा ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय पुरुषको मृत्यु भएको छ भने ललितपुरमा ५० वर्षीय, धादिङका २२ वर्षीय, रुपन्देहीमा ७४ वर्षीय, काठमाडौंमा ६३ वर्षीय र ६७ वर्षीया महिलाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४६ पुगेको छ।
प्रतिक्रिया