नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड–१९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोगस्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।
विभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरूको संस्था इन्जाले नेपालमा कार्यरत पत्रकारहरुको श्रीवृद्धिका लागि विभिन्न काम गर्दै आएको छ । इन्जाले कोरोनाको बहनामा जागीरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनवृद्धि प्रदान गर्ने निर्णय गरेको हो ।
इन्जाको वेभसाइड, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत लेखन वृद्धिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वानअनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्तावमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।
इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनवृत्ति प्राप्त गर्ने पत्रकारहरूले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ ।
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले ‘गो फन्ड’मार्फत रकम संकलन गरेको परियोजनाको संचालन मानवअधिकार संचार प्रतिष्ठान इह्रिकनसँग सहकार्यमा भएको छ ।
मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी आर्थिक क्षेत्रमा परेको प्रभाव, सामाजिक न्याय, लैगिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षा लगायतका विषयमा दुई वटा फिचर आर्टिकल लेख्नुपर्ने छ । फिचर न्यूज अर्थात फिचर आर्टिकल ८ सयदेखि एक हजार शब्द हुनुपर्ने छ । रेडियो र टेलिभिजनका लागि भने एउटा बाइटसहितको फिचर आवश्यक पर्ने छ ।
फेलोशीप पाउने पत्रकारहरूको नामावली :
टपेन्द्र कार्की, यदुप्रसाद भट्ट, विमल योगी, पुकार तिमिल्सिना, शारदा गैरे, फणी महत, प्रभा पन्थी, शिवप्रसाद उप्रेती, नकुल अर्याल, खिला कार्की, मधुसूदन भट्टराई, लक्ष्मण पौडेल, महेश दास, गोबिन्द महतो,मनोज माझी, दीपक बुढा, मैत्या घर्ती,कमल पौडेल, जगतमान लामा, इन्द्रसरा खड्का, नरजन तामाङ, मेनुका ढुंगाना, प्रवाशकुमार लामा, लोकेश्वरी कुंवर, मिक्सङ तामाङ, रामविकास चौधरी, अजितकुमार झा, केशव अधिकारी, झबिन्द्र अधिकारी, अनिल यादब, प्रकाश बन, दीपक खरेल, डम्वरराज गिरी, मन्दिरा थापा, चिरन्जीवी मास्के, रीता श्रेष्ठ, वसन्ती आचार्य (छाया पन्थ), अम्बिका खड्का, कमला तिवारी, सिर्जना बुढाथोकी डांगी, मन्दिरा अधिकारी, कृष्ण अधिकारी, टीएन घिमिरे, केशवराज चन्द, जयराज अवस्थी, प्रनिसा अधिकारी, बलबहादुर महरा, दुर्गाप्रसाद शर्मा, अनिस बिष्ट, कुमार श्रेष्ठ, रमा पन्थी, सुनिता खनाल, सन्तोष आचार्य, स्मृति ढकाल, राजाराम गौतम, उषा तामाङ, नेहा झा, नरजंग तामाङ राजु सिखडा, चुम्मन बस्नेत, रोकेश नेपाली, शुष्मा त्रिखत्री, इश्वर थापा, सन्तोष पुर्कुटी, भगिरथ भण्डारी,मिलन के राउत, मनिष दुवाडी, सरिता श्रेष्ठ, बिन्दु शर्मा र सन्दिप विक रहेका इन्जाका सचिव दीपक रिजालले जनाएका छन् ।
प्रतिक्रिया