काठमाडौं महानगरपालिकाको सहयोगमा तीन विद्युतीय शवदाह निर्माण हुने

काठमाडौं महानगरपालिकाको सहयोगमा तीन विद्युतीय शवदाह निर्माण हुने


काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहितको शवदाह गृह निर्माण हुने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको करिव १५ करोड अनुदानमा छिट्टै पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिएका हुन् । केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने उनको भनाइ छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी गराएका छन् ।