गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै, नेपालमा कोरोना संक्रमितको संख्या १,१५,३५८

गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै, नेपालमा कोरोना संक्रमितको संख्या १,१५,३५८


पछिल्लो २४ घण्टामा नेपालमा थप ३,५५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,१५,३५८ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र आज (२७ असोज) थप २,१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार काठमाडौंका १,७४६, भक्तपुरका १६७ र ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३,५५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनासंक्रमितको कुल संख्या १,१५३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १,५०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ७८,७८० पुगेको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालहरुमा स्वास्थ्य अवस्था गम्भीर भएका संक्रमितहरुको संख्या पनि बढ्न थालेको जानकारी दिए ।

पछिल्लो समय आईसीयु र भेन्टिलेटरको अभावमा ज्यान गुमाउने संक्रमितको संख्या पनि बढ्दै गएको छ । हालसम्म देशभर कोरोनाबाट ६६३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा अस्पतालको स्रोत साधनले धान्न नसक्ने अवस्था आइसकेको स्वास्थ्य मन्त्रालयले सूचना दिएको छ ।