लण्डन । पुन मगर समाज यूकेको पहिलो वार्षिक भेला फेल्थामको कम्युनिटी स्पोर्ट हलमा सम्पन्न्न भएको छ । कार्यक्रमको शुरुवात पुन मगरहरुको अति लोक प्रिय पुर्ख्यौली [सोरोठी] नृत्य, धौलागिरि नौमती बाजा यू।के को प्रस्तुति, स्थानीय कलाकारहरुको विभिन्न नृत्यले कार्यक्रमलाई आकर्षक बनाएको थियो । आफ्नो कला- संस्कृति, भेष्भसषालाई यस बेलायती भूमिमा जोगाउन पाउँदा आफूलाई गर्वको अनुभूति भएको समाजको अध्यक्ष बिल पुर्जा मगरले बताए । यसरी आफ्नो संस्कृति नजिकबाट बुझ्नन पाउँदा आफूहरुलाई खुशी लागेको उपस्थित नयाँ पिढींका युवाहरुले बताए । सोही अवसरमा लाल बहादुर पुनद्वारा लिखित पुर्खौली नाच सम्बन्धित पुस्तक ‘गीत माल’को पनि बिमोचन गरिएको थियो ।
[youtube]http://www.youtube.com/watch?v=wwI8WC3CODk[/youtube]
प्रतिक्रिया