लण्डन । लण्डन बरो अफ हिलिङडोनले प्रत्यक बर्ष आयोजना गर्ने हेज कर्निवल २०१४ यो बर्ष पनि भब्यताका साथ सम्पन्न्न गरेको छ । संसारका बिभिन्न देशबाट हेज क्षेत्रमा बसोबास गरिरहेका बिभिन्न समुदायको आफ्नो संस्कृति झल्कने भेषभुषाले हेज शहर झिलिमिली देखिएको थियो । यसै कार्निवलमा हिलिङडोन नेपलिज कम्युनिटीको पहलमा नेपाली समुदायले आफ्नो सहभागिता जनाएको थियो । सो अवसरमा नेपालको बिभिन्न समुदायको भेषभुषासहित नौमती बाजाले हेज सहर गुन्जयमान भएको थियो । बिभिन्न नेपाली संघसंस्थाको उपस्थिति रहेको उक्त कार्निवलको नेतृत्व हिलिङडोन नेपलिज कम्युनिटीको महिला बिभागका अन्जना गुरुङले गरेकिथिईन् ।
यसरी बेलायतामा पनि आफ्नो संस्कृति, भेषभुषाको प्रदर्शनि गर्न पाएकोमा उनले खुशी व्यक्त गरेकिथिईन् । त्यसैगरी हिलिङडोन नेपलिज कम्युनिटी अध्यक्षले सहभागी सबैलाई धन्यवाद दिएका थिए । नेपलिज कम्युनिटी सबै समुदायलाई पछि पार्दै उक्त कार्निवलमा प्रथम स्थान हासिल गरेको थियो ।




प्रतिक्रिया