पछिल्लो २४ घण्टामा ३,७४९ जनामा सङ्क्रमण
पछिल्लो २४ घण्टामा नेपालभर थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६,५३३ र कोरोना संक्रमितको कुल संख्या १,२१,७४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३,५६४ जना कोरोना सङ्क्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४,५१८ पुगेको जानकारी दिए । आज बिहीबार १६,५९८ पिसिआर परीक्षण गरिएको बताइएको छ ।
यसैगरी काठमाडौंमा १,६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौं उपत्यकामा आज १,९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुलुकभर संस्थागत आइसोलेसनमा १२,३३९ जना र होम आइसोलेसनमा २४,१९४ जना रहेका मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा ४,८२५ जना रहेका छन् भने कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया