कमल थापालाई कोरोना संक्रमण पुष्टि

कमल थापालाई कोरोना संक्रमण पुष्टि



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९ को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थापा स्वयमले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको उनले उल्लेख गरेका छन् ।

थापा अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेका राप्रपा पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिएका छन् । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोध गरेका छन् ।