नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३,९२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,२६,१३७ पुगेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार थप २,४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका १७८४, ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार शुक्रबार ३,५२२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्हा भने हालसम्म डिस्चार्ज हुनेको संख्या ८८,०४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६,५३१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७,३८२ रहेको छ भने ४,८० ८ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया