सिड्नीबाट आयो ‘खोलावारी खोलापारी’

सिड्नीबाट आयो ‘खोलावारी खोलापारी’



■ राजन घिमिरे


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको कालजयी गीत ‘खोलावारी खोलापारी..’ को नयाँ भर्सन बजारमा आएको छ । प्रवासमा रहेर पनि गीत संगीत क्षेत्रमा सक्रिय संगीतकर्मी राजेश घिमिरेले उक्त गीत गाएका हुन् । घिमिरे लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा रहेर संगीत क्षेत्रका लागि काम गर्दै आएका संगीतकर्मी हुन् ।

यो भिडियोको मुख्य प्रायोजनमा एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस रहेको छ भने राजेशले गीतको मर्म र भावलाई मर्न दिएका छैनन् ।

गीतलाई नयाँ पुस्तामाझ पुऱ्याउने यो समूहले गरेको मिहेनत साँच्चै उदाहरणीय मान्नु पर्दछ । भिडियोमा काब्या शर्मा मोडलको रूपमा देखिएकी छन् भने भिडियो हरिस सिंहले खिचेका हुन् । यसमा सम्पादन प्रवीण श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन राजेश घिमिरेले नै गरेका हुन् ।