धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् ।
शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान–१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।
अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ ।
बताइएअनुसार भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।
प्रतिक्रिया