आजको पञ्चाङ्ग एवम् राशिफल (साउन १० आइतबार २०८३, जुलाई २६, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (साउन १० आइतबार २०८३, जुलाई २६, २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ ने.सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ साउन १० गते तद्अनुसार सन् २०२६ जुलाई २६ तारिख आइतबार आषाढ शुक्लपक्षको द्वादशी तिथि ज्येष्ठा नक्षत्र ८ः५० पर मूल नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा ८ः५० पर धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान५÷२४मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । प्रदोष व्रत, तुलसीपिए ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्यगत कमजोरीका बाबजुद कामको दायित्व वृद्धि हुने देखिन्छ । महत्वपूर्ण तथा चिताएको कार्य पूरा गर्न मुस्किल नै पर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने योग छ । केही खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । पढाइलेखाइमा मन जानेछैन । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित रहन सक्छ ।

वृष – प्रतिष्ठित कामको जिम्मेवारी मिल्नसक्ने समय छ । धनआर्जनको बाटो खुल्ला । तथापि, सानातिना काम वा घरेलु समस्याले कतिपय महत्वपूर्ण कार्यमा अडचन पैदा गर्नसक्छ, ध्यान राख्नुहोला । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । कृषि व्यवसायमा हुनेका लागि कामको चाप बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।

मिथुन – नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम बिस्तार अघि बढ्ने देखिन्छ । स्वास्थ्यप्रति भने विशेष सजगताको दरकार छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ला । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । तपाईंका कमी–कमजोरीमाथि टिप्पणी हुन सक्छ । धैर्य राखी आफ्नो दैनन्दिन कर्ममा लागिपर्नु उचित हुनेछ ।

कर्कट – व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर इच्छाशक्ति एवं मिहेनतले राम्रै फाइदा दिलाउला । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा अगाडि परिने योग छ । भौतिक साधन जुट्नेछन् भने उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरू परास्त हुनेछन् । रसरागको भाव जागृत हुनेछ ।

सिंह – विभिन्न अवसरले पछ्याउनेछन् भने रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने दिन छ । तथापि, व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ, ध्यान राख्नुहोला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउनसक्ने योग छ, तथापि बिग्रिएको सम्बन्ध र विगतका कमी–कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

कन्या – सुख र दुःख दुवै प्रकारको अनुभूति दिलाउने दिन छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु उचित हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । विगतको श्रमबाट भने लाभ हुनेछ ।

तुला – पुरानो समस्या सुल्झाउन सकिने र नयाँ योजना बन्ने समय छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने पुनः प्रयास गरेमा सफलतादायी ठहरिनेछ । धैर्यसाथ काममा जुट्नु हितकर होला । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्ने योग रहेकोले सजगताको खाँचो छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।

वृश्चिक – अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिएला । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई भने विशेष ध्यान राखेर कार्य गर्नु हितकर हुनेछ ।

धनु – शुभदायी समय छ । नयाँ व्यवसाय सुरु गर्ने मौका जुर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ भने आर्थिक कारोबार हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनाले रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मनोरञ्जनात्मक यात्राको सम्भावना छ ।

मकर – आजको दिन बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । अध्ययन–अध्यापन कार्यमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुरÞ्याउन सक्छ, सजग रहनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए स्वास्थ्यप्रति सचेत रही आहारबिहार गर्नु उचित हुनेछ । अनावश्यक जमघटमा संलग्न हुँदा महत्वपूर्ण कार्यमा बाधा पुग्ने योग छ ।

कुम्भ – पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने दिन छ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । लाभदायीे यात्राको प्रक्रिया अघि बढ्ला । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । व्यावसायिक आम्दानी बढ्ने देखिन्छ ।

मीन – आजको दिन केही चुनौती वृद्धि होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । समयमा होश नपुग्नाले खर्च वृद्धि हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सतर्कता अपनाउनु हितकर हुनेछ ।