अन्तर्राष्ट्रिय गोरखा समाजको अधिवेशन सम्पन्न

अन्तर्राष्ट्रिय गोरखा समाजको अधिवेशन सम्पन्न



विनय अधिकारीको नेतृत्वमा अन्तर्राष्ट्रिय समिति निर्माण

विश्वभरि छरिएर रहेका गोरखा जिल्लावासीहरुको बृहद एकता, भातृत्व र जिल्लाको आपदविपदमा सहयोग पुऱ्याउने हेतुले सन् २०१६ मा स्थापना भएको अन्तर्राष्ट्रिय ग्लोबल गोरखा समाजले विनय अधिकारीको नेतृत्वमा एक कार्यसमिति निर्माण गर्दै आफ्नो दोश्रो महाधिवेशन सम्पन्न गरेको छ।

संसारभरी अस्तित्वमा रहेका सबै गोरखाली संघ संस्था र ब्याक्तिहरुबीच सम्पर्क, समन्वोय र मार्गनिर्देशन गर्दै गोरखाको मानवीय सेवालाई थप प्रोत्साहन गर्ने उद्यश्यसहित गठित ग्लोबल गोरखाली समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको दोश्रो अधिवेशनले गोरखाको बृहत्तर हितको बारेमा ब्यापक छलफलसहित भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

अक्टोबर १७, २०२० मा सम्पन्न यस महाधिवेशनले दुई वर्षे कार्यकालको लागि अन्तर्राष्ट्रिय समितिको विधिवत चयन गरेको छ । समिति चयनको लागि लोकनाथ अधिकारीको संयोजकत्वमा बनाइएको निर्वाचन मण्डलमा सभाषद विकलचन्द्र आचार्य र छविलाल बगाले रहनु भएको थियो । यो अधिवेशनले विश्वभरिका छरिएर रहनुभएका गोरखाली समाजका प्रतिनिधिहरुसँग घनिभूत बहसपछि अन्तर्राष्ट्रिय कार्यकारी समितिको निर्माण गरेको हो ।

२०१६ मा गोरखाली अग्रज जयप्रकाश गुरुङको अध्यक्षतामा गठित ग्लोबल समाजको दोश्रो महाधिवेशनका प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभाका सदस्य सुरेन्द्रराज पाण्डे, विशेष अतिथिहरुमा एनआरएनएका पूर्वअध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट, एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त, एनआरएनएका संरक्षक रामप्रताप थापा, भागवत वाचक पण्डित दिनबन्धु पोखरेल, विधान समितीका आदरणीय संयोजक हरिहर अर्याल लगायत देश विदेशबाट विभिन्न आदरणीय अग्रज तथा गोरखाली अविभावकहरुको सहभागिता रहेको थियो ।

ग्लोबल गोरखाका महासचिव विनोद पोखरेलले संचालन गर्नुभएको खुल्ला सत्रपछि निर्वाचन समितिले नयाँ कार्य समिति निर्माणको प्यानल लिष्ट तयार गरेको थियो । बहसमा आएका विभिन्न प्रस्तावहरुमाथि ब्यापक बहस गर्दै अधिवेशन प्रतिनिधिहरुको सुझावलाई समेत ध्यानमा राखेर आन्तरिक सत्रको पूर्ण सहमतिमा अन्तराष्ट्रिय कार्य समिति घोषणा गरिएको हो ।

विनय अधिकारी (बेलायत)को अध्यक्षतामा निर्माण भएको कार्यकारी समितिका ६ उपाध्यक्षहरुमा क्रमश गोकर्ण प्रसाद ढकाल (हङकङ), यदु लामिछाने (कोरिया), श्रीकृष्ण भट्टराई (कतार), जानुका रेग्मी (स्पेन), नारायण भट्ट (अमेरिका), महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया), सचिवमा प्रकाश बन्जारा (युएई), कोषाध्यक्ष आकास बन्जारा रहेका छन् ।

त्यस्तै, आइसीसीहरुमा क्रमश दिलबहादुर गुरुङ (हंगकंग) २, शंकर लामिछाने (युएई), कृष्णप्रसाद बगाले (साउदी अरब), बासु अर्याल (जर्मनी), रामजी खत्री (कतार), विष्णुप्रसाद पन्त (बेलायत), डा. सृष्टि पोखरेल (क्यानडा), प्रितम गुरुङ (स्वीटजरल्याण्ड), कुलबहादुर वस्ती (पोल्याण्ड), विनीता अर्याल न्यौपाने (फिनल्याण्ड), मनोहर रेग्मी (डेनमार्क), तुलसी अम्माई (नेदरल्याण्ड), प्रकाश भट्टराई (स्पेन), निर्मला अधिकारी बजगाइँ (बेल्जियम), ज्ञानेन्द्र न्यौपाने (कतार), कमला काप्री (जापान), सञ्जिव पन्त (अमेरिका), विक्रम घिमिरे (अमेरिका), खगेश्वर अधिकारी (इजरायल), राम घले (बेल्जियम), हरि थापा (पोर्चुगल), सुरेन्द्र काप्री (फ्रान्स) रहेका छन् ।

विधानको विषयमा अधिवेशनको बन्द सत्रले अधिवेशन भएको मितिले तीन महिनाभित्र विश्वभरिका गोरखालीहरुको अपनत्वसहित मार्ग निर्देशन गर्ने गरी विधान निर्माणको जिम्मा पूर्ण अधिकार रहने गरी महाधिवेशनले निर्माण गरेको अन्तर्राष्ट्रिय विधान परिषदलाई दिएको छ । त्यो अधिकार सम्पन्न विधान तथा नीति परिमार्जन समितिमा संयोजक हरिहर अर्याल हुनुहुन्छ भने पार्षदहरुमा रामप्रताप थापा, डिल्ली ढकाल, बुदबल गुरुङ र कृष्ण लामिछाने रहनुभएको छ।