नेपालमा कोरोना संक्रमितको संख्या १,३२,२४६, मृतक संख्या ७३९

नेपालमा कोरोना संक्रमितको संख्या १,३२,२४६, मृतक संख्या ७३९



पछिल्लो २४ घण्टामा नेपालमा थप २,९४२ जना कोरोनासंक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,३२,२४६ पुगेको छ ।


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १,६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ।

आइतबार २,३२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ९२,१६६ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४,८७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९,३४१ रहेको छ भने ४,८३१ जना क्वारेन्टिनमा छन् ।