रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गएको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो ।
पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुट्टाछुट्टै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० वर्षीय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिबार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले जानकारी दिए ।
चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीया एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो ।
प्रतिक्रिया