पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार (२१ अक्टोबर) भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । त्यहाँको प्रहरीले जनाएअनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।
प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको जानकारी मिलेको भन्दै प्रहरीले बिस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइनसकेको र घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीले बिस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका एएनआईले उल्लेख गरेको छ । अघिल्लो दिन पनि शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए ।
प्रतिक्रिया