ब्रिसबेनमा यस्तो बन्यो जनम-जनम

ब्रिसबेनमा यस्तो बन्यो जनम-जनम



■ राजन घिमिरे


शिक्षा क्षेत्र र कलाकारितासंगै समाजसेवामा पनि लागिपरेका ब्यक्ति हुन् स्वतन्त्रप्रताप शाह । गैरआवासीय नेपाली संघअन्तर्गतका विभिन्न ओहदामा रहेर प्रवासमा रहनुभएका नेपालीहरूसँग हातेमालो गर्दै अगाडि बढेका शाह नेपाली सिनेमाका नायक हुन् । फेसबुक र मेरो भ्यालेन्टाइन स्वतन्त्रले अभिनय गरेका चलचित्र हुन् ।

एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख शाहलाई अहिले जनम जनम बोल रहेको गीतको म्यूजिक भिडियोमा देख्न पाइएको छ । चर्चित गायक कमल खत्रीको आवाज रहेको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका विभिन्न रमणीय स्थानमा गरिएको थियो ।

यो भिडियोको निर्देशन राजु कानले गरेका हुन् भने भिडियोमा स्वतन्त्रप्रताप शाहको साथमा महिला मोडलको रूपमा कृतिमा श्रेष्ठ रहेकी छिन् ।