सि.जी.ले लन्च गर्‍यो ९९.९९ प्रतिशतसम्म स्टरलाइज गर्ने नाइट सिरिज वासिङ मेसिन

सि.जी.ले लन्च गर्‍यो ९९.९९ प्रतिशतसम्म स्टरलाइज गर्ने नाइट सिरिज वासिङ मेसिन



नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जी.ले वासिङ मेसिनको दुनियाँमा नयाँ सिरिजको वासिङमेसिन लन्च गरेको छ । हेर्दा निकै नै आकर्षक देखिने तथा उच्च गुणस्तर भएका यो वासिङ मेसिन धेरैभन्दा धेरै विशेषताले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ ।

यसका विशेषताहरूमा स्पा केयर, वि.एल.डि.सि. मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबल र उल मार्क रहेको छ । स्पा केयरको सहायताले ७० डिग्रीसम्म तापक्रममा वाफ उत्पन्न गरी कपडामा रहेको किटाणु एवम् यसमा रहेको दुर्गन्धहरूलाई ९९.९९ प्रतिशतसम्म स्टरलाइज गर्दछ । यसमा वि.एल.डि.सि. मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशतसम्मको इनर्जी बचत गर्दछ ।

त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ । यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साइजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाज गरि यसमा रहेको जिद्दी भन्दा जिद्दी दागहरुलाई सजिलै हटाउने गर्दछ ।

यो वासिङ मिसिनमा स्वाइल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरि गहिराईमा गई धुलाई गर्नेछ । यसमा तपाईहरुले तीन वटा छुट्टाछुट्टै लेबल देख्नुहुनेछ । तपाईंको आवश्यकता अनुरुप यसलाई छानी-छानी प्रयोग गर्न सक्नुहुनेछ ।

जाडो महिनालाई मध्यनजर गरी यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको छ । जसले गर्दा तपाईंहरुले जाडोमा प्रयोग हुने कपडाहरूलाई सजिलै धुन सक्नुहुनेछ । यो वासिङ मेसिन ८ र ९ केजीमा उपलब्ध छ ।

यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको जनाइएको छ ।