न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री आर्डेनलाई बिहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाउनुभएको बधाई सन्देशमा नेपाल-न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उहाँसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया