लण्डन । बेलायतमा कमाएको धनलाई जन्मभूमि नेपाल तथा कर्मभूमि बेलायतमा लगानी गर्ने उदेश्य लिएर स्थापना गरिएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड यूकेको बैठक गतसाता सम्पन्न भयो । सन् २०१४ को शुरुमा स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडले आगामी केही महिनाभित्र हाउजिङ व्यवसायमा लगानी गर्ने संयोजक मोहन गुरुङले जानकारी दिए ।
आगामी सेप्टेम्बर सात गते प्लमस्टेडस्थित डांफे रेष्टुरेण्टमा बस्ने बैठकले लगानीको थप खाका प्रस्तुत गर्ने गुरुङले बताए । संस्थाप्रति बेलायतमा व्यवसाय तथा पेशा गर्दै आएका नेपालीहरुको लगाव बढेको उनको भनाइ थियो । नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडले लगानीको दायरालाई फराकिलो बनाएको बताउंदै संयोजक गुरुङले लगानी गर्न चाहनेहरुलाई बाटो खुला गरिएको जानकारी दिए । छोटो समयमा नै धेरै साथीहरुको चाहना बढेको बताउँंदै उनले लगानी गर्न चाहनेहरुलाई बाटो खुल्ला गरिएको उनले उल्लेख गरे ।
बैठकमा साउथइष्ट लण्डनका व्यवसायीहरु अस्मिता एण्ड एसोसिएट्सका एल एन पाण्डे, अर्कराज तिम्सिना, विष्णु त्रिपाठी, सहदेव गिरी, भट्टराई एण्ड को सोलिसिटर्सका दिपक भट्टराई, हरी गुरुङ, आरके श्रेष्ठ, सुरज मास्के, कुमार श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया