पत्रकार महासंघ यूकेको आयोजानमा नेपाली मिडिया प्रदर्शनी हुने

पत्रकार महासंघ यूकेको आयोजानमा नेपाली मिडिया प्रदर्शनी हुने


IMG_0627लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा लण्डनमा बृहत नेपाली मिडिया प्रदर्शनी हुने भएको छ । तमू धीं यूकेले आयोजना गरेको नेपाली मेलामा सो प्रदर्शनी हुन लागेको पत्रकार महासंघ यूके शाखाले जनाएको छ । विदेशमा नेपाली मिडिया प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको शाखा अध्यक्ष चिरन शर्माले बताए । तमूधी यूकेको आयोजानामा हरेक बर्ष हुने नेपाली मेला सम्भवत बेलायतको सबैभन्दा ठूलो इभेन्ट भएको बताइन्छ । मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्नसमेत प्रदर्शनी फलदायी हुने शर्माले बताए ।महांसघ यूकेको पलहमा पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनी स्वागतयोग्य भएको नेपाली मेला आयोजक समितिका संयोजक ज्ञाम गुरुङले बताए । तमूधी यूके सबै संघसंस्था सहकार्य गरेर आगामी बढ्दै आएको स्मरण गर्दै गुरुङले सो प्रदर्शनीका लागि आवश्यक भौतिक सहयोग गर्ने निर्णय भइसकेको जानकारी दिए । उनले मेलामा भाग लिन चाहानेहरुलाई अनलाइनबाट टिकट किन्न सक्ने ब्यवस्था गर्न लागिएको बताए । उनले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
अगष्ट २४ तारिख आइतबार हुने सो नेपाली मेलालाई रेडियो कान्तिपुर र नेपाली टीभी यूकेले पहिलो पटक प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । सो अवसरमा बेलायतस्थित ब्यवसायी, युवा र साहित्यसर्जकसँग विशेष अन्तक्रिर्या कार्यक्रम गर्ने तयारी भइरहेको रेडियो कान्तिपुर यूरोप संवाददाता रुपेश सिलवालले बताए ।प्रदर्शनीमा बीबीसी नेपाली सेवा, रेडियो कान्तिपुर, कान्तिपुर दैनिक, नागरिक दैनिक, घटना र विचार राष्ट्रिय साप्ताहिकलगायत नेपाली टीभी यूके, स्थानीय अनलाइन, मासिक तथा साप्ताहिक पत्रपत्रिकाहरुले आ-आफ्नो उत्पादन प्रदर्शनीमा राख्ने भएका छन् ।
प्रदर्शनीमा बेलायतस्थित साहित्यस्रष्टाले समेत आ-आफ्ना कृति प्रदर्शनीमा राख्ने भएका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय नेपाल वाङ्मय प्रतिष्ठानका अध्यक्ष विकल आचार्यले प्रदर्शनी साहित्यसर्जकका लागि ठूलो अवसर हुने बताए, त्यसैगरी अनेसास यूके शाखाले पनि आफ्नो साहित्यिक उउपस्थिति
जनाउने भएको छ। प्रदर्शनीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाल वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य परिषद्लगायतको सहभागित रहने बताइएको छ ।