पांचथर समाज सेवा यूकेको अधिबेशन अगष्टमा हुने

पांचथर समाज सेवा यूकेको अधिबेशन अगष्टमा हुने


10409402_10202443153252538_4425593156761296924_nलण्डन । नेपालको पांचथर जिल्लाबाट बेलायत आई बसोबास गरेकाहरुको संस्था पांचथर समाज सेवा यूकेको अधिबेशन यही आगामी अगष्ट १० मा हुने भएको छ । अधिबेशनले आगामी तीन बर्षको लागि नयां नेतृत्व चयन गर्ने अध्यक्ष एकराज नेम्वाङले जानकारी दिए । गोर्खा भवन फार्नबरोमा बसेको बैठकले अधिबेशनका लागि सल्लाहकार अरुण केरुङ, कृष्ण कुमार हेम्व्या र एकजना पछि थप गर्ने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

अध्यक्ष नेम्वाङको अध्यक्षतामा बसेको बैठकले यसअघि समाजले २२ जुनमा भएको भेटघाट तथा च्यारिटी डिनरको समीक्षा गरेको थियो । बैठकले समाजको स्मारिका प्रकाशन गर्न अध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका पदाधिकारीहरु सदस्य रहने गरी समिति गठन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष नरबीर आङ्बो, उपाध्यक्षहरु कुल प्रसाद योङ्या, लिला सेलिङ माबो, सन्तराज आङ्देम्बे, महासचिव नरप्रसाद थामसुहाङ, सचिव खगेन्द्र लावती, कोषाध्यक्ष नगेन्द्र नेम्बाङ, सहकोषाध्यक्ष धनबहादुर काङ्बाङ, सदस्य कृष्ण हेम्ब्या, रहेका छन् । यस्तै गैरआवासीय नेपाली संघले उठाउंदै आइरहेको नागरिकता निरन्तरताको मुद्दालाई सशक्त पार्न विशेष भूमिका निर्वाह गर्नेसमेत निर्णय गरेको छ । बैठकमा च्यारिटीबाट उठेको रकम पांचथरस्थित अन्धा तथा अपांग स्कुललाई दिने निर्णयसमेत गरिएको छ ।
-एकराज