बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जीप बडिगाड-६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएकी छन् । जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया