अलडरसट, गत जुलाई २७ अलडरसटस्थित कोन्नौट कम्युनिटी स्कुलमा चितवन एड ट्रस्टले आफ्नो दशौं वार्षिक भेटघाट सम्पन्न्न गरेको छ, चितवन जिल्लामा बिभिन्न बिपत्तिमा परेकोलाई सेवा गर्ने उद्देश्य हेतु खोलिएको उक्त्त संस्थाले अहिलेसम्म धेरै परोपकारी कामहरु गरी सकिएको अध्यक्ष कृष्ण गुरुङले जानकारी गराए । क्याट अर्थात् चितवन एड ट्रस्ट, नेपालका सचिबले उत्त, कार्यक्रमको सन्चाललन गरेका थिए। उक्त अवसरमा बोल्दै नेपाली दूताबासका कार्यबाहक राजदूत तेज बहादुर छेत्रीले राजदूताबासले सक्दो सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरे, संस्थाले तन, मन, धनले सहयोग गरेकोमा गैर आवासीय नेपाली संघ यू के का अध्यक्ष योगेन छेत्रीले धन्यवाद दिए, तेसैगरी अन्य बक्ताहरु पवित्र समाज नेपालकी अध्यक्ष दिक्षा चापागाई, गैर आवसीय नेपाली संघ यू के का पूर्व अध्यक्ष सूर्य गुरुङ, नेपालबाट आएका प्रिन्सिपल घनश्याम प्रधानले आफ्नो मन्तब्ये राखेका थिए । बिभिन्न संघ संस्थाको प्रतीनिधिको उपस्थिति रहेको सो कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरिएको थियो ।
[youtube]https://www.youtube.com/watch?v=2eydXKeyhME[/youtube]
प्रतिक्रिया